Like us!
Follow us!
Connect us!
Watch us!

'नेप्सेले बटम लगाइसक्यो, अब बजार बढ्ने नै हो'

बसन्त पाण्डे

सोमबार, ०९ फागुन २०७८, २० : ३३ मा प्रकाशित

'नेप्सेले बटम लगाइसक्यो, अब बजार बढ्ने नै हो'

प्राविधिक विश्लेषक सन्दिप चौधरीले आजको कारोबारपछि बजारले २६७० को बिन्दुमा बटम लगाइसकेको कन्फरमेसन दिएको बताएका छन। २२६० को बिन्दुबाट बढ्न थालेको बजार २९८३ को बिन्दुमा पुगेर घट्दै गर्दा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर धितो कर्जामा थप कडाई गर्ने संकेत गरेसँगै हिजो आइतबार सुरुवाती घन्टामा बजार उच्च अंकले घट्दै २६७० को बिन्दुसम्म आएको थियो। 

'जहिले पनि नराम्रो समाचार आइसकेपछि बजारले बटम लगाउने गर्दछ। यो करेक्टिभ र्यालीमा बजार धेरै नै घटे २२६० को बिन्दुबाट बढ्दै बजार २९८३ को बिन्दुसम्म पुगेर खस्दै गर्दा ५०% को रिट्रेश गर्दै २६२० को बिन्दुसम्म झर्ने मेरो विश्लेषण थियो। फिबोनासी ३८.२% को लेभलको बिन्दु २७०५ मा पर्न आउँछ। बजार ३८.२% र ५०% को बिचको बिन्दु २६७० लाई सपोर्ट लिएर बढेको छ। आज नेप्सेले फ़िबोनासी ३८.२% को बिन्दु २७०५ भन्दा माथि क्लोजिङ्ग दिनुले बजारले २६७० कै बिन्दुमा बटम लगाइसकेको जस्तो देखिएको छ।' उनले भने।  

'बजारले बटम लगाइसकेको अर्को महत्वपूर्ण आधारको रुपमा यसअघि बजार २७५० भन्दा माथि लाग्दै गर्दा इचिमोकु क्लाउड भन्दा माथितिर क्यान्डलहरु बन्न थालेको थियो।  २९८३ को बिन्दुबाट बजार खसेर तल झर्दै गर्दा इचिमोकु क्लाउडको महत्वपूर्ण लाइनलाई सपोर्ट बनाएर बजार बढ्न थालेको छ।  यसले पनि नेप्सेले बटम लगाइसेको र आगामी दिनमा बजार बढेर माथितिरै जानसक्ने आधार बनाएको कुरा स्पष्ट पारेको छ।' चौधरीले थप स्पष्ट पारेका छन।  

'सेयर बजारलाई नियन्त्रण गर्न खोज्दा पैसा क्रिप्टोतिर गएको कुरामा केही सत्यता छ'

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्सेको चार्टमा देखियो बुलिश डाइभर्जेन्स, यसले के संकेत गर्दछ ?

सन्दिप चौधरीले किन भने अहिले सेयर किन्न सजिलो, बेच्न गाह्रो ?अहिले लगानीकर्ताले कस्तो रणनीति लिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको