Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थपिए ४७६ कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १७ : ३० मा प्रकाशित

देशभर थपिए ४७६ कोरोना संक्रमित, थप तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८३१ जनाले संक्रमण जितेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।

सोही अवधिमा नेपालमा थप तीन संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९२८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको