Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्टको हकप्रद अब मात्र २ दिन बाँकी

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ०७ : ३७ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्टको हकप्रद अब मात्र २ दिन बाँकी

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद अब दुई दिन मात्र बाकी छ । यसअघि आज माघ २७ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब उक्त हकप्रद सेयरमा समय फागुन १३ गते, शुक्रबारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एकदिन बुकक्लोज गरेको थियाे । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6216e55d24a26.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको