अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने गरी आवश्यक तयारी गरेको जनाएको छ ।
ठूलो क्षमताका ब्याट्रीको स्टोरेज परीक्षण गर्न एक ग्रामीण क्षेत्रमा एउटा ब्याट्री बैंक राख्ने योजना अघि सारिएको प्राधिकरणले जनाएको छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति भवनमा अहिले बेला बेलामा लाइन जाने गरेको छ । प्रसारणलाइनको समस्या र ट्रान्सर्फमर पड्कँदा पनि हैरानी भोग्नु परेको छ ।
त्यस्ता क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउने भन्दै प्राधिकरणले न्यूनतम ५ देखि १० मेगावाटसम्मका ब्याट्री राख्ने योजना सार्वजनिक गरेको हो ।
विभिन्न समयमा विभिन्न कारणले सिंहदरबार र राष्ट्रपति भवनमा पनि विद्युत् आपुर्तिमा अवरोध हुने गरेको पाइएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ५ मेगावाटसम्मका ब्याट्री राख्ने तयारी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
ब्याट्री स्टोरेज राख्नको लागि अहिले एसियाली बिकास बैंकसँग छलफल गरिरहेको जानकारी दिए । ५ मेगावाटसम्मका ब्याट्री जडान भएसँगै सिंहदरबार र राष्ट्रपति भवनमा विद्युत आपुर्ति टुटेको समयमा पनि जेनेरेटर चलाउन पर्ने बाध्यता टर्नेछ ।
परीक्षणका रुपमा एक ग्रामीण क्षेत्रमा त्यस्तो खालको ब्याट्री राख्ने योजना बनाइएको छ । कुन जिल्लाको कुन गाँउमा राख्ने भन्ने विषयमा हालसम्म छलफल नै जारी रहेको प्राधिकरणको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस