Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडले रोकिएको फ्री ओपिडी पुन: सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १४ : १५ मा प्रकाशित

कोभिडले रोकिएको फ्री ओपिडी पुन: सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ । 

नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो । सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द गर्नु परेको थियो । 

कोभिडको तेश्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको फ्री ओपिडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो । यो निर्णय अनुसार भोलि (शनिबार) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिनेछ । 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने समय समेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा संचालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) सञ्चालन हुनेछ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको