Like us!
Follow us!
Connect us!
Watch us!

पशुपति क्षेत्रमा माँस, मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १२ : ०२ मा प्रकाशित

पशुपति क्षेत्रमा माँस, मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध

गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयले पशुपति क्षेत्रमा माँस, मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध गरिने भएकाे एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

सूचनामा भनिएकाे छ, "भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा एवं पवित्रता कायम राख्ने उद्देश्यले देहायको चार किल्लाभित्र कोही कसैले पनि माँस, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ को (क) र (ख) अनुसार आगामी २०७८ साल फागुन १७ गते मंगलबार (तदनुसार 1st March 2022, Tuesday) का दिन पर्ने हिन्दु धर्मावलम्बीहरूको महान् चाड महाशिवरात्री पर्व समेतलाई मध्यनजर राखी मेलापर्व अवधि र अन्य समयमा समेत लागू हुनेगरी पूर्ण रुपमा रोक लगाइएको छ ।"

त्यस्तै, कोही कसैले यो सूचनाको बर्खिलाप कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही हुने समेत सूचनामा उल्लेख गरिएकाे छ ।

सूचना हेर्नुहाेस् :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको