Like us!
Follow us!
Connect us!
Watch us!

‘क्लीन फिड’ नीति फिर्ता लिन केबल व्यवसायीको माग

आइतबार, २५ असार २०७४, २२ : २३ मा प्रकाशित

‘क्लीन फिड’ नीति फिर्ता लिन केबल व्यवसायीको माग

फिर्ता नभए साउन १ गतेदेखि प्रसारण  बन्द गर्ने घोषणा

अर्थ संसार, काठमाडौँ– केवल टेलिभिजन कम्पनीले सरकारले ‘क्लीन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (न फिड) नीति फिर्ता लिन माग गरेका हुन् ।

उक्त ९क्लीन फिड० नीति—२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको दाबी गर्दै उनीहरुले फिर्ता नभए साउन १ गतेदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

भू–परिवेष्ठित र खुला सिमाना भएको मुलुकमा विदेशी डिटीएचको चोरी पैठारी हुनसक्ने र नेपाली डिटीएच कम्पनी तथा केवल कम्पनी धरासायी बन्ने व्यवसायीको गुनासो छ ।

विज्ञप्तिमा भनिएको छ–“विज्ञापनरहित नीति, २०७३ लागू गरिएमा नेपाली डिटीएच कम्पनी तथा केबल कम्पनी बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजन पनि बन्द हुनेछन्, किनकि हाल नेपाली टेलिभिजनको प्रसारण डिटीएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेको छ । यसरी विज्ञापनरहित नीति लागू गरिएमा यस क्षेत्रमा लगानी भएको अर्बांै रुपैयाँ खेरजाने स्पष्ट छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको