Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनमा रुसी हमला : खोसियो पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, १२ : ३९ मा प्रकाशित

युक्रेनमा रुसी हमला : खोसियो पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो । 

‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ । 

युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ । ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ मान्यता नदिने पनि महासंघले जनाएको छ । उसको घोषणलााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले अभ्यासकर्ताले स्वागत गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको