Like us!
Follow us!
Connect us!
Watch us!

चीन भ्रमणमा जाँदै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन

अर्थ संसार

सोमबार, २९ असोज २०८०, १२ : ४९ मा प्रकाशित

चीन भ्रमणमा जाँदै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन

दुई देशबीचको सीमाहिन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जाँदैछन् ।

बेइजिङमा अक्टोबर १७-१८ मा हुने बेल्ट एन्ड रोड फोरममा भाग लिन पुटिन चीन जान लागेका हुन् । गत मार्चमा हेगस्थित इन्टरनेसनल क्रिमिनल कोर्टले पुटिनलाई युक्रेनबाट बालबालिका डिपोर्ट गरेको आरोपमा वारेन्ट जारी गरेपश्चात उनी पहिलोपटक सोभियत युनियनबाहिरको भ्रमण गर्न लागेका हुन् ।

अघिल्लो पटक पुटिनले चीन भ्रमण सम्पन्न गरेको केही दिनपछि नै रसियाले युक्रेनमा हमला थालेको थियो । १८ ट्रिलियन बराबरको अर्थतन्त्र रहेको चीन र दुई ट्रिलियन बराबरको अर्थतन्त्र रहेको रसियाले एकापसमा २०२२ मा सीमाहीन सम्बन्धको घोषणा गरेका थिए ।

भ्रमणमा चीन र रसियाबीच वार्षिक ५० खर्ब क्युबिक मिटर ग्यास प्रवाह हुने पावर अफ साइबेरिया-२ पाइपलाइन निर्माण गर्न सहमति हुने अनुमान गरिएको छ । पुटिनको भ्रमणदलमा रसियाको सबैभन्दा ठूला उर्जा कम्पनी ग्याजप्रोम र रोसनेफ्टका नेतृत्व पनि सामेल रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको