Like us!
Follow us!
Connect us!
Watch us!

फोर्स गुर्खा टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, १३ : ३३ मा प्रकाशित

फोर्स गुर्खा टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता

केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा ४*४*४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा बिक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन अर्थात हिजाे फाल्गुन १८ गते उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन् ।

गुर्खा जिपको बुकिङ्ग खुल्ला, मूल्य कति छ ?

टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खा ४*४*४ प्रतिको आकर्षकता वृद्धी रहेको जानकारी दिएका छन् । इच्छुक ग्राहकहरुले भाेलि फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्राईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउनेछन् । पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको