Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिले जलविद्युत् क्षेत्रमा बहार : एक खर्ब बढी लगानी गर्नैपर्ने

सोमबार, २६ असार २०७४, १४ : ४२ मा प्रकाशित

मौद्रिक नीतिले जलविद्युत् क्षेत्रमा बहार : एक खर्ब बढी लगानी गर्नैपर्ने

अर्थ संसार, काठमाडौं– आगामी आवदेखि वाणिज्य बैंकहरूले अब जलविद्युत विकासमा आफ्नो लगानीको सीमा बढाएर वर्षको रु १ खर्ब हाराहारी पुर्याउनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आर्थिक वर्ष २०७४/०७५ मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा बैंकहरूले आफ्नो कूल ऋण लगानीको ५ प्रतिशत अनिवार्य जलविद्युत विकासमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरूको ऋण लगानी करिब रु १६ खर्ब ६६ करोड पुगेको छ । हालकै लगानीलाई आधार मान्ने हो भने पनि ५ प्रतिशतले करिब रु ८३ अर्ब लगानी हुनैपर्छ । तर, लगानीको दायरा फराकिलो हुँदै जाँदा रु १ खर्ब भन्दा  बढी रकम यो क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।
 
बैंकहरूको अहिलेकै लगानीको गति हेर्ने हो भने राष्ट्र बैंकले तोकेको सीमा पुर्याउन कठिन देखिन्छ । चालु आर्थिक वर्षको जेठसम्म बैंकहरूले जलविद्युतमा करिब रु ५० अर्ब मात्र लगानी गर्न सकेका छन् । यो कूल ऋण लगानीको करिब ३ प्रतिशत हो ।
 
गत आवको तुलनामा भने चालु आवको लगानीको अवस्थामा सुधार देखिएको छ । गत आवमा यो क्षेत्रमा करिब रु ३८ अर्ब मात्र लगानी भएको थियो । तर, चालु आव सकिन एक महिना बाँकी हुँदा लगानी रु ५० अर्ब पुगेको छ ।

 लगानीको आकार बढ्दै गएकाले आगामी आवमा यो बढ्ने देखिन्छ । तर, राष्ट्र बैंकले तोकेकै सीमा पुर्याउन भने गाह्रो हुने बताइन्छ ।  राष्ट्र बैंकले यसअघि उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

वाणिज्य बैंकहरूले कृषिमा १०, जलविद्युतमा ५, पर्यटनमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा कूल ऋणको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

मौद्रिक नीति : पैसा कति लिएको वा दिएको हो, सूचना दिनु पर्ने

९० वटा कम्पनीको साढे ५१ अर्बको हकप्रद र आईपिओ स्वीकृत

अरुण भ्याली हाइड्रोको ३१ लाख बढी कित्ता एफपिओ आउँदै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको