Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा भेटियो बर्ड फ्लु

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, ०६ : ५५ मा प्रकाशित

भक्तपुरमा भेटियो बर्ड फ्लु

भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरुका कुखुरामा बर्डफ्लु भेटिएका हुन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुराहरुमा वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो । पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुराहरु बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराहरुको टेष्टका लागि लगिएको थियो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो ।

वर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्ड फ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक नगरपालिकाको वडा नं. १० स्थित पूर्वमा अजिमा ईंटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको