Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, ०८ : ०६ मा प्रकाशित

बलेफी हाइड्रोपावरको ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै

अपर बलेफी–ए जलविद्युत आयोजनाको ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा  थपिने भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्मित उक्त आयोजनाले व्यवसायिक उत्पादनको तयारी गरेसँगै राष्ट्रिय प्रशारण लाइनमा विद्युत थपिने भएको हो।  

बलेफी हाइड्रोपावर लिमिटेडको अगुवाइमा चार वर्षमा यो आयोजना निर्माण पूरा भएको हो । हालै निर्माण सम्पन्न आयोजनाको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। आगामी चैतभित्र आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिने छ ।

हाइड्रोपावरले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रशारणलाईन निर्माण गरेको छ । लामोसाँघुस्थित विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सब–स्टेशनमार्फत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको