Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली मुद्रा इतिहासकै कमजोर

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १२ : ४२ मा प्रकाशित

नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली मुद्रा इतिहासकै कमजोर बनेकाे छ । रुस र युक्रेन युद्धको असर समेतले गर्दा पछिल्लाे समय लगातार जसाे अमेरिकी डलरको मूल्य बढीरहेकाे छ । अमेरिकी डलरकाे मूल्य वृद्धि हुँदा त्यसकाे असर नेपाली रूपैयाँमा देखिएकाे हाे ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । यसकाे मतलव अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्छ । विश्वव्यापी रूपमा माग बढ्नु र अमेरिकी अर्थतन्त्र बलियो हुनु डलर वृद्धिकाे मुख्य कारण हाे । 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । पछिल्लाे समय डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य पनि कमजोर हुने गरेको छ ।

अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको