नेपाली बजारमा नयाँ राइड शेयरिङ जायर थपिएको छ । नेपाली युवाहरूले उक्त एप डेभलप गरेका हुन् । नेपालमै रोजगारी सिर्जना गर्ने गरि विकास गरिएको उक्त एपको मंगलवार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले औपचारिक शुभारम्भ गरे । नेपाली बजारमा टुटल, पठाओ, सहारा लगायतका राइड सेयरिंग एप छन् ।
जायर एपमा अनलाइन तथा अफलाइन दुवै सेवा उपलब्ध हुनेछन् । यसले महिलाहरुका लागि भनेर जायर पिंक सर्भिससमेत उपलब्ध गराउने भएको छ । नारी दिवसको अबसर पारेर सार्वजनिक एपले महिलालाई सुरक्षित यात्राको अनुभूति दिलाउने एप निर्माता कम्पनी सनबी होल्डिङका अध्यक्ष मिठाराज दाहालले बताए ।
दाहालका अनुसार एप सार्वजनिकसँगै युवापुस्ताको टीमले केही गर्ने सोच र उद्देश्यलाई पूरा गर्दै एक गन्तव्यबाट अर्को गन्तव्य सहजै सेवा लिन सकिने सुविधा आफूहरूले दिएको बताए । सेवा दिने गरी जायर एप सार्वजनिक भएको हो । नेपाली युवाहरूले बनाएको एपले महिलाको रुचिअनुसारको सेवा दिने बताएको छ। यसले महिला राइडरबाट सेवा लिन महिलाहरूलाई सहज हुने छ ।
यो एपमार्फत मोटरसाइकल र ट्याक्सी दुवैको सेवा लिन सकिने छ । यो एपका प्रयोगले सेवा लिएवापत क्वाइन जम्मा हुँदै जानेछ । उक्त क्वाइनलाई सापटीको रूपमा साथीलाई दिन मिल्ने छ । जम्मा भएको क्वाइनबाटै एपको सुविधा लिन सकिने सहितको विशेषता राखिएको कार्यक्रममा जानकारी दिइएको छ ।
एप सार्वजनिक गर्दै शिक्षामन्त्री पौडेलले थाकेको बटुवालाई सेवा दिन्छ भन्ने सन्देश दिएर आएकोले पनि यसको विशेषताले आफूलाई उत्साहित बनाएको बताए । उनले जायरको सफलताको कामना गर्दै आफ्नो तर्फबाट हुने साथ र सहयोग सधैँ रहने बताए ।
एपको विकास गर्न वित्तीय सहयोग गर्ने ज्योति विकास बैंकका निमित्त महाप्रबन्धक रामहरि आचार्यले अरुलाई प्रेरणा दिने गरी जायर एप आएको बताए । उनले जायर टिमले लिएको उद्देश्य, एपबाट दिने सेवा र सुविधाले प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने विश्वस्त आधारहरू रहेको पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस