अर्थ संसार, बनेपा– काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।
प्रजननमा विकृत अवस्था पनि आउनसक्ने र यसका धेरै कारण हुनसक्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाको कोशीपारि क्षेत्रका विभिन्न स्थानलाई प्राथमिकतामा राखेर सापिङमा बाख्राको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको र त्यहाँबाट धेरै बाख्रापालक कृषकले कृत्रिम गर्भाधानको सुविधा लिएका छन् ।
कोशीपारिको कात्तिके देउराली, माझिफेदा, पोखरीचौरी, सापिङलगायतका क्षेत्र बाख्रापालनका लागि पकेटक्षेत्र मानिन्छ । कृत्रिम गर्भाधान सफल देखिएपछि जिल्लामा पछिल्लो समय बाख्रामा कृत्रिम गर्भाधान गर्नेको बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा १५७ बाख्रामा र आव २०७३÷७४ मा ८२८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लामा कुल बाख्राको संख्या लाख एक हजार ८८२ रहेको छ ।
त्यस्तै गाईभैँसीमा पनि कृत्रिम गर्भाधानप्रतिको आर्कषण बढ्दो छ ।
आर्थिक वर्ष २०७१÷७२ मा २० हजार २५६ र आव २०७२÷७३ मा २६ हजार १३० गाईमा कृत्रिम गर्भाधान गरिएको छ ।
आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार ९७४ र आव २०७२÷७३ मा तीन हजार ८७२ भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा २५ हजार ५०१ गाईमा कृत्रिम गर्भाधान भएको छ भने पाँच हजार १०३ भैँसीमा कृत्रिम गर्भाधान भएको छ । जिल्लामा गाईको संख्या एक लाख ४४ हजार ३८९ र भैसीको संख्या एक लाख ३५ हजार २५६ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस