Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, ११ : २७ मा प्रकाशित

नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणी ग्राहकहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।

बैंकले आफना ग्राहकहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सूमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको छ । 

फाल्गून २७ गते इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरुको उपस्थिति रहेको थियो । करिब चार घन्टा सञ्चालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्षमता वृद्धिको लागी अति नै उपयोगी भएको साथै एक आपसमा अनूभव तथा ज्ञानको आदान प्रदान भएको महशूस गरेको कूरा जानकारी गराएका छन् ।

नबिल बैंकले आफ्नो एसएमई ग्राहकको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास एवं विस्तारका साथै बैंक र ग्राहकबीचको दिगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम  आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमुखी कार्यक्रमहरु सञ्चालन गरिने नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत डनिलले बताएका छन् । साथै, यस्ता किसिमका ग्राहकमुखी कार्यक्रम सञ्चालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणाअनुरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्ति गर्ने उनले बताए। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको