Like us!
Follow us!
Connect us!
Watch us!

रुम्जाटारमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १६ : ३५ मा प्रकाशित

रुम्जाटारमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ४ रुम्जाटार स्थीत यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् ।  

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा  उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्न बहादुर गुरुङ, श्री रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।  

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।

बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको