Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १३ : ०२ मा प्रकाशित

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । स्रोतका अनुसार साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि आजका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ । 

अब आजै सञ्चालक समिती बैठक बस्ने तयारी भइरहेको छ, आज बस्ने सञ्चालक समितीको बैठकले केहि दिन भित्रमै गर्ने गरी अर्को साधारणसभाको मिति तोक्ने छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको