Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १६ : १५ मा प्रकाशित

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् । 

धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए । 

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’ 

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए । 

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको