Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीहरुको पुँजी बढाउन कस्सियो बीमा समिति, कार्यदल गठन

बसन्त पाण्डे

सोमबार, ३० फागुन २०७८, १७ : १६ मा प्रकाशित

बीमा कम्पनीहरुको पुँजी बढाउन कस्सियो बीमा समिति, कार्यदल गठन

बिमा समिति बिमा कम्पनीहरुको पुँजी वृद्धिको तयारीमा जुटेको छ। समितिको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अहिले बिमा कम्पनीहरुको पुँजी बढाउनु आवश्यक छ कि छैन, बढाए कति बढाउने, कुन मोडेलमा बढाउने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। सो कार्यदलले अहिले नेपालमा बिमा क्षेत्रको व्यवसायको दायरा, कम्पनीहरुको हाल कायम पुँजी, बिमा क्षेत्रमा व्यवसायिक सम्भावना जस्ता कुराहरुको अध्ययन गरेर हाल कायम पुँजीले व्यापारको दायरा बढाउन कत्तिको सहज छ भन्ने कुरालाई समेट्दै पुँजी वृद्धिको औचित्यलाई अवधारणागत रुपमा पुष्टि गर्दै समिति समक्ष एक प्रतिबेदन प्रस्तुत गर्नेछ।
  
बिमा कम्पनीहरुको व्यवसायको आकार र दायरा बढ्दै गैरहेको सन्धर्भमा हाल कायम पुँजी अपुग रहेको बुझाई बिमा समितिको रहेको छ। जीवन बिमा कम्पनीहरुको पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको २.५ अर्ब बनाउने विषयमा समिति बैठकमा छलफल भएको बुझिएको छ । त्यस्तै पुनर्बिमा कम्पनीहरुको पुँजी २० अर्ब पुर्याउने विषयमा पनि छलफल भएको जानकारी प्राप्त भएको छ। 

समितिले पुँजी वृद्धिको कुरा उठाएको धेरै भईसक्यो, बिमा समिति के कुरामा अल्झियो भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समिति बिमा कम्पनीहरुको पुँजी बढाउनुपर्छ भन्ने पक्षमै रहेको र यस सन्धर्भमा वृहत अध्ययन गर्न कार्यदल गठन गरिएको र कार्यदलको प्रतिबेदन आइसकेपछि सो अनुसार अघि बढ्ने पनि बताए। 'बिमाको आकार र दायरा बढ्दै गएको छ, आम मानिसहरुमा बिमाको आवश्यकता र महत्वका बारे चेतना बढ्दै गईरहेको छ।  बिमा कम्पनीहरुले निस्फिक्री रुपमा व्यवसाय बिस्तार गर्नका लागि पनि पुँजी बढाउनुपर्ने देखिएको छ। ' सिलवालले थप स्पष्ट पारे।  

पुँजी वृद्धि कुन मोडेलमा गर्ने भन्ने विषयमा पनि सो प्रतिबेदनले स्पष्ट पार्ने सिलवालले बताए। विगतमा हकप्रदमार्फत पुँजी वृद्धि गर्दा बजार बिग्रिएको र अहिले कसरी उपयुक्त तरिकाले पुँजी वृद्धि गर्ने भन्ने विषयमा पनि कार्यदलको प्रतिबेदन आइसकेपछि निर्णय हुने जानकारी सिलवालले दिएका छन। 

यो पनि पढ्नुहोस् 

नेशनल हाइड्रोपावरको साधारणसभा स्थगित

डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार रोक्का

ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

सिक्नुहोस Bollinger Band कमाउनुहोस् पैसा | प्रयोग कसरी गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको