Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत्र १० गतेबाट लिलामीमा, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ०६ : ०४ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत्र १० गतेबाट लिलामीमा, कहाँबाट दिने आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदमा अवितरित १ लाख ४५ हजार ६ सय ४९ कित्ता सेयर लिलामीमा आउने छ । 

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १० गते देखि १७ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले ग्लोबल आईएमइ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं, ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु बुटवल–मिलनचोक, नेपालगंज–त्रिभुवनचोक, हनुमानदास रोड–विराटनगर, पोखरा–न्यूरोड, घोराही–दाङ , सुर्खेत, बाग्लुङ, हेटौँडा, विर्तामोड, जनकपुर, आदर्शनगर–विरगन्ज, नारायणगढ र महेन्द्रनगरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिएका थिए ।

6233d827303a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको