Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेकालाई खाद्यान्न तथा भाडाँकुडा सहयोग

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १० : ५२ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेकालाई खाद्यान्न तथा भाडाँकुडा सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडको माहुली शाखाले आगलागी पिडितहरुलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाल्गुण २८ गते जिल्ला सत्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११  घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको हो । 

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन  गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश मधेस प्रदेशको प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति रहेको थियो  । माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । 

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको