Like us!
Follow us!
Connect us!
Watch us!

अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ११ : ०२ मा प्रकाशित

अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने

अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु नपर्ने भएको छ । कोरोना भाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनु नपर्ने बताएको हो । तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ । 

सरकारले यो निर्णय २३ फागुनमै लागु गरेको थियो । तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन् । मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ । 

कोरोना महामारी सुरु भएदेखि नै उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण अनिवार्य गरिँदै आएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको