Like us!
Follow us!
Connect us!
Watch us!

कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसंग नाडाको आग्रह

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ११ : २५ मा प्रकाशित

कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसंग नाडाको आग्रह

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसंग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल भएको छ ।   

उक्त छलफलकोमा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दे नाडाले निकट भविष्य मै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे । सो क्रममा अध्यक्ष थापाले सवारी साधन विक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तिय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिबृद्धि करको विल विजक काटन ढीलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउदै सो व्यावहारिक कठीनाइको सहजीकरणका लागि आग्रह गरे । 

छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर विल जारी गरि सो विलमा एच.यस. कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने बताए । 

त्यसैगरी सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिबृद्धिकरमा अनिवार्य दर्ता गर्नु पर्ने विषयलाई कडाइकासाथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्देे अनलाइन पेमेण्टको व्यवस्थाका लागि समेत आग्रह गरे । 

महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्य कै समस्या भएको, सवै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताउनु हुदै नाडाले बजेट सुझावमा आवश्यक सवै राय सुझावहरु राखि दिन आग्रह समेत गरे ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको