Like us!
Follow us!
Connect us!
Watch us!

मृत्यु भएको १६ बर्ष पछि पनि चुनावमा भोट हाल्न आउने काकी !

बसन्त पाण्डे

शनिबार, ०५ चैत्र २०७८, २१ : १३ मा प्रकाशित

मृत्यु भएको १६ बर्ष पछि पनि चुनावमा  भोट हाल्न आउने काकी !

बृद्ध पुरुषले भोट खसालेर बाहिर 
आई पोलिङ्ग गरिरहेका एजेण्ट संग सोधे 
बाबु तिम्री काकीले भोट हालिन् ?

एजेन्टले लिष्ट चेक गरो र भन्यो 
काका वहाँले हालेर गै सक्नु भो !

बृद्धले भावुक हुँदै भने सायद छिटो 
आको भे भेट हुन्थ्यो होला !

एजेण्टले भन्यो तपाईहरु सँगै
बस्नु हुन्न र ?

बृद्धले भने बाबु उनी स्वर्गीय भएको 
१६ बर्ष भयो हरेक पटक भोट हाल्न 
आउँछिन तर भेट्दिनन !

हिजो सांझ पूर्व प्रमुख निर्वाचन आयुक्त निल कण्ठ उप्रेतीले माथिका पंक्तिहरु ट्विट गरे। निर्वाचन आयोगको प्रमुखको जिम्मेवारी सम्हालिसकेको व्यक्तिले स्थानिय निर्वाचनको मिति नजिकिंदै गर्दा सार्वजनिक गरेको यी पंक्तिहरुले धेरैको ध्यान आकृष्ट गरेको छ। धेरैले उनको सो ट्विटमा प्रतिकृया जनाउँदै यसले हाम्रा निर्वाचनहरुको विश्वसनीयतामा ठूलो प्रश्न खडा गरेको बताएका छन। 

१६ बर्ष अघि मृत्यु भैसकेकी एक महिलाको नाम मतदाता नामावलीमा अझै छ। अमुक दलले ति स्वर्गीय आमाको नामबाट आफ्नो उम्मेदवारलाई मत खसाल्ने गरेको छ। यो सबै थाहा पाएका ती स्वर्गीय बृद्धाका पति मुलुकको यस्तो अवस्था देखेर हैरान छन।  र त उनी भन्छन, '१६ वर्ष अघि स्वर्गीय भएकी मेरी पत्नी हरेक निर्वाचनमा भोट हाल्न आउँछिन तर मलाई भेट्न आउँदिनन।'

प्रजातन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन मार्फत जनताले आफूलाई शासन गर्ने शासक आफैले चुन्न पाउनु हो।  परम्परागत राजतन्त्रको अवधारणाको अन्त्य सँगै प्रजातन्त्रलाई सर्वोत्कृष्ट शासन व्यवस्थाको रुपमा लिने गरिन्छ। निर्वाचनमार्फत चुनिने प्रतिनिधि योग्य र इमान्दार भएन भने त्यसले समग्रमा मुलुकको उन्नति र विकासमा बाधा पुर्याउँछ।  त्यसैले जनताले आफ्नो प्रमुख हतियार आम निर्वाचनलाइ योग्य र इमान्दार प्रतिनिधि वा विकासप्रेमी राजनीतिक दल चुन्न प्रयोग गर्नुपर्छ। तर माथिका पंक्तिहरुमा उप्रेतीले उल्लेख गरेझैं मृत्यु भैसकेका व्यक्तिको नाममा समेत आफ्नो स्वार्थअनुकुल भोट खस्दै गर्दा मात्र १ मतले पनि योग्य उम्मेदवार हार्ने र अयोग्यले जित्ने निर्वाचन प्रणालीमा स्वच्छ रुपमा निर्वाचन हुन्छ र निर्वाचन मार्फत जनताले चाहेकै प्रतिनिधिहरु चुनिन्छन भन्ने कुरामा चाहिँ ठूलो प्रश्न चिन्ह खडा भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको