Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह उपनिर्वाचन : अहिलेसम्म कसले कति जित्यो ?

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, ११ : ३७ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचन : अहिलेसम्म कसले कति जित्यो ?

स्थानीय तह उपनिर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ।

यसपालि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदमा चुनाव भएको थियो। 

आइतबार बिहान ११ बजेसम्म मतगणना भएका ३७ स्थानको मतपरिणाम आइसकेको छ। केही स्थानमा मतगणना जारी छ भने केहीमा मतगणना हुन बाँकी छ। उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा मतगणना स्थगित भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर माओवादी केन्द्र दोस्रो स्थानमा छ। नेकपा (एमाले) ले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वटा वडामा जित हात पारेको छ।

जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको