Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १० : ११ मा प्रकाशित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अन्य भू-भागमा पनि आंशिक बदली रहने छ ।

पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको