Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

आइतबार, ०६ चैत्र २०७८, १६ : १२ मा प्रकाशित

नेप्सेमा नेपाल लाईफको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीको १४ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ०९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा चैत्र २१ गते सोमबार होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे सुरु हुनेछ । उक्त सभाले कम्पनीको माघ २१ गते शुत्रबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको