Like us!
Follow us!
Connect us!
Watch us!

लेटाङ घटनामा घाईते महिला प्रहरीको मृत्यु, स्थिति नियन्त्रणमा

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, ०५ : ५० मा प्रकाशित

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

शिक्षकले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा महिला प्रहरीेकाे मृत्यु भएको हो । लेटाङ बजारको मनकामना अस्पतालले उपचारका लागि ल्याउँदा उनको मृत्यु भइसकेको बताएको छ । 

बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा दिनभर प्रहरी सुरक्षा दिएर राखेको थियो । विद्यार्थी र स्थानीय अभिभावकले शिक्षकलाई बाहिर निकाल्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेको स्थानीयको भनाई छ ।

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ७ मा पढ्ने १३ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे शान्त भएको थियो ।

प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याएको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए । सो क्रममा एक जना प्रहरी घाइते भएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको