Like us!
Follow us!
Connect us!
Watch us!

छायाँ देवी कम्प्लेक्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रवन्धकमा प्रभु क्यापिटल

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, ०६ : ३९ मा प्रकाशित

छायाँ देवी कम्प्लेक्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रवन्धकमा प्रभु क्यापिटल

छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न प्रभु क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले आइतवार हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्सको करीब ३ लाख ५० हजार वर्ग फिटभन्दा धेरै निर्माण क्षेत्र रहेको छ । जस अन्तर्गत २०० ओटा विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल 'दि एलोफ्ट' सञ्चालन भइरहेको छ । 

ठमेलको मध्यभागमा अवस्थित छायाँ देवी कम्पलेक्स नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्स भएको कम्पनीको दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको