Like us!
Follow us!
Connect us!
Watch us!

सेवोनको आगामी लक्ष्य तथा प्राथमिकताः निजी क्षेत्रमा एक स्टक एक्सचेञ्ज र थप ब्रोकर कम्पनी

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०७ : १३ मा प्रकाशित

सेवोनको आगामी लक्ष्य तथा प्राथमिकताः निजी क्षेत्रमा एक स्टक एक्सचेञ्ज र थप ब्रोकर कम्पनी

नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताहका अवसरमा बोर्डका आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ । उक्त लक्ष्य तथा प्राथमिकतामा निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायी आवश्यक रहेको उल्लेख गरिएको छ ।    

धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहँच बढाउने उद्देश्य लिई बोर्डले देहाय बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको छः

- धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को मापदण्ड अनुरूपको बनाउँदै लैजाने

- बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गरी संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने र बोर्डको आफ्नै कार्यालय भवनको निर्माण गर्ने

- धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक काननी संरचनाको विकास तथा सुदृढीकरण गर्ने

- बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने,

- बजार सहभागीहरूको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने

- निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायीहरू तथा धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी देशभर धितोपत्र खरिद बिक्री सेवाको पहुँच बढाउने,

- प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने 

माधि उल्लेख भएअनुसार समग्रमा बजारको विकास तथा विस्तार गर्न कानुनी सरचनामा सुधार गर्ने संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न बोर्डको भावी कार्यदिशा रहेको बोर्डले जनाएकाे  छ।

62392a094cccf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको