Like us!
Follow us!
Connect us!
Watch us!

बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १३ : ३३ मा प्रकाशित

बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट

बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिजाे ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा चीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफनो इजाजतपत्रको नवीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए ।

अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको सयामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नवीकरण गर्न पाउने भएवाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु सुशीलदेव सुवेदी र दिनेश कुमार लाल उपस्थित थिए ।
कार्यक्रममा बीमा समितिका निर्देशक कमल प्रसाद रेग्मीले इजाजतपत्रको डिजिटल नवीकरणका बारेमा चर्चा गरेका थिए भने कार्यक्रम सञ्चालन समितिका सहायक निर्देशक शम्भप्रसाद मिश्रले गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमतीप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को Connect IPS मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको