Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न धौलागिरी लघुवित्तले दियो बोर्डमा निवेदन

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, ०७ : २५ मा प्रकाशित

आईपीओ निष्कासन गर्न धौलागिरी लघुवित्तले दियो बोर्डमा निवेदन

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रूपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न फागुन २३ गते, सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात् १० करोड रूपैयाँ चुक्ता पूँजी कायम हुनेछ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी ०७५ साल फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको