Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेन्चर्सको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १७ : १९ मा प्रकाशित

ग्रीन भेन्चर्सको आईपीओमा आवेदनको ओइरो, पर्ने सम्भावना न्यून बन्दै

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेकाे छ ।

सीडीएसका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकहरुले एक करोड ९५ लाख ३४ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चैत्र ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको