Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले पाए बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १७ : ३७ मा प्रकाशित

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले पाए बोर्डबाट अनुमति

विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका हुन् ।

रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ सेबाेनमा निवेदन पेश गरेकाे थियाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न असाेज ११ गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । कम्पनीले आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले 'डबल बी माइनस' रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि याे रेटिङले संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको