Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाईफकाे आईपीओ छिनाेफानाे आज

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १० : ४१ मा प्रकाशित

सिटिजन लाईफकाे आईपीओ छिनाेफानाे आज

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सभा आज (चैत्र ११ गते, शुक्रबार) हुँदैछ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा आज अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्ने लगायतको एजेण्डा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको