Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, ११ : ५१ मा प्रकाशित

रिलायबल नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ । कम्पनीले बीमा समितिबाट चैत्र ६ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे रिलायबल लघु सावधिक जीवन बीमालेख याेजनामा प्रति हजार ३० रुपैयाँ बोनस कायम गरिएकाे छ । बीमा समिति लघु सावधिक जीवन बीमालेख याेजनामा पनि प्रति हजार ३० रुपैयाँ नै बोनस कायम गरिएकाे छ ।

रिलायबल सजिलाे जीवन बीमा याेजनामा प्रति हजार १३ रूपैयाँ बाेनस कायम गरिएकाे छ । कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख याेजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३७.५ रूपैयाँसम्म बाेनस कायम गरेकाे छ । 

त्यसैगरी, रिलायबल उच्च शिक्षा याेजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँ ताेकिएकाे छ ।  सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजारण ३० रुपैयाँ बोनस पाउनेछन् । 

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे रिलायबल समुन्नती जीवन बीमा याेजनामा प्रति हजार २० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

623d5bda88d13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको