Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल लाइफले महेश बानीयालाई घातक रोगबापत दियो २० लाख दाबी भुक्तानी

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, १६ : ५६ मा प्रकाशित

रिलायबल लाइफले महेश बानीयालाई घातक रोगबापत दियो २० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर–३ निवासी महेश बानीयालाई घातक रोग बीमा अन्तर्गत २० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

महेश बानीयाले २०७७ साल चैत्र महिनामा हाकिमचोक शाखाबाट १५ वर्षे जीवन बीमा योजना खरिद गरेका थिए र अहिलेसम्म तीन किस्ता बीमाशुल्क भुक्तानी गरिसकेका थिए। २०८० सालमा स्वास्थ्य परीक्षणका क्रममा उनको कलेजोमा गम्भीर समस्या देखिएपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो। चिकित्सकको सल्लाहअनुसार उनको कलेजो प्रत्यारोपण गत १५ गते सम्पन्न भएको हो।

कलेजो प्रत्यारोपण अत्यधिक खर्चिलो प्रक्रिया भएकाले करिब ४० लाख रुपैयाँसम्म लागत लाग्ने अनुमान गरिएको थियो। बीमा कम्पनीलाई समयमै जानकारी गराइएकोले आवश्यक प्रक्रिया पूरा गरी रिलायबल नेपालले बीमित महेशलाई छोटो समयमा नै २० लाख रुपैयाँको बीमा दाबी रकम प्रदान गरेको हो।

हाकिमचोक शाखामा आयोजित विशेष कार्यक्रममार्फत शाखा प्रमुख राजकुमार दाहालले महेशलाई चेक हस्तान्तरण गरे। कार्यक्रममा बीमित महेश बानीयाले गम्भीर अवस्थामा बीमा कम्पनीले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै जीवन बीमाको महत्व अझ बढी महसुस भएको बताए। साथै, उनले अन्यलाई पनि समयमै जीवन बीमा गर्न आग्रह गरे।

उक्त कार्यक्रममा बीमा अभिकर्ता सरस्वती गौतम, वरिष्ठ एजेन्सी म्यानेजरहरू मनोज चौलागाईँ, विष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठलगायत अन्य कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको