Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँड हुने, भाग्यमानी ९ लाख ६० हजारले सेयर हात पार्ने

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १६ : ०५ मा प्रकाशित

रिलायबल नेपाल लाइफको आईपीओ बुधबार बाँडफाँड हुने, भाग्यमानी ९ लाख ६० हजारले सेयर हात पार्ने

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) भाेलि साउन ३१ गते बुधबार बाँडफाँड हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार उक्त आईपीओ भाेलि साँझ ५:३० बजे बाँडफाँड हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि साउन २६ गतेसम्म आईपीओ बिक्री गरेकाे थियाे । कम्पनीले १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँड गरिएको थियाे  । कर्मचारीहरूका लागि भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गरिएको हो ।साेबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासनमा ल्याएको हो । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७७ हजार ८७७ जना लगानीकर्ताले कुल १ करोड ७४ लाख ८६ हजार २ सय ८० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १.८२  गुणा बढी आवेदन हाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ६० हजार जनाले १० कित्ता सेयर हात पार्नेछन् । बाँकीको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको