Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्झौता

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १३ : १७ मा प्रकाशित

रिलायबल नेपाल लाइफ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्झौता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार, रिलायबल नेपाल लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसमार्फत उपचार गराउँदा १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छुट पाउनेछन्। समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोष निरौलाले हस्ताक्षर गरेका हुन्।

कम्पनीका अनुसार छुटको सुविधा लिनका लागि बीमित, अभिकर्ता वा कर्मचारीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको