Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १६ : १८ मा प्रकाशित

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर थापा छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले गत फागुन २० गते उनलाई १ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा उपमहानगरपालिका–४ बाट उनलाई पक्राउ गरेको हो । 

उच्च अदालत पाटनले उनलाई २०७७ मंसिर २२  गते सोही मुद्दामा १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्ने फैसला सुनाएको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको