Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि जनता बैंकको नामबाट एकिकृत कारोबार सुरु

शुक्रबार, ३० असार २०७४, ०७ : ४२ मा प्रकाशित

आजदेखि जनता बैंकको नामबाट एकिकृत कारोबार सुरु

अर्थ  संसार, काठमाडौं– सिद्दार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेको जनता बैंक नेपाल लिमिटेडले आजदेखि ‘जनता बैंक नेपाल लिमिटेड’ को नामबाट एकिकृत सुरु गरेको छ ।  

यी दुई बैंकले एक आपसमा गाभिने निर्णय गरे बमोजिम नेपाल राष्ट्र बैंक र रजिष्ट्रारको कार्यालयबाट क्रमश असार २० र २५ गते गाभिने सिद्धार्थ डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व जनता बैंक नेपालले सकार्ने व्यहोर्ने गरी सद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडमा गाभ्न अन्तिम स्वीकृति दिएको थियो ।

जनता बैंकमा सिद्दार्थ डेभलपमेन्ट बैंक १ बराबर १ को स्वाप अनुपातमा गाभिन लागेको हो ।  सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति पश्चात जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९१ करोड पुग्ने छ ।

जनता बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ ।

5968254cb687a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको