Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुँदै

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ०८ : ०३ मा प्रकाशित

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुँदै

लमजुङको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ। 

दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। चालु आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८ दशमलव १ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ। 

ती आयोजनाबाट व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीका साथ निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

जिल्लामा निर्माणाधीन रहेको जलविद्युत आयोजनामध्ये सबभन्दा ठूलो दोर्दी खोलामा पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माणाधीन ५४ मेगावाट ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, हिमालयन पावर पार्टनरद्वारा निर्माणाधीन २७ मेगावाटका दोर्दी जलविद्युत आयोजना, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटका माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरिरहेका १२.१ मेगावाटका दोर्दी–१ जलविद्युत् आयोजना रहेका छन्।  

त्यस्तै, सुपर दोर्दीको प्रवर्द्धक पिपुल्स हाइड्रोपावर कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको सम्भाव्यता अध्ययन थालेको छ।

यो आयोजना पनि निर्माणको तयारी थालिएको बताइएको छ। सो करिडोरमा निर्माणाधीन अवस्थामा रहेको आयोजना सुपरदोर्दी ‘ख’ हो।

सुपरदोर्दी ‘ख’ को हालसम्म ३५ प्रतिशत निर्माण सकिएको छ। पिपुल्स हाइड्रोपावरको प्रवर्द्धन रहेको आयोजनामा ५० प्रतिशत सुरूङ निर्माण काम सम्पन्न भएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए।

सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकको वित्तीय सहयोगमा अघि बढेको आयोजनामा रु आठ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ। 

ती चार वटै आयोजनाको निर्माण सम्पन्न भएसँगै एउटै खोलाबाट उक्त मेगावाट बिजुली उत्पादन हुनेछ।

यस आयोजनाको ८५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ।  

उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको छ। त्यस्तै, दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्दै बिजुली उत्पादन गर्दै आएको छ।

यी आयोजनामध्ये यस आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन सुपर दोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

यस आयोजनाले ५ दशमलव १ किलोमिटरको मुख्य सुरूङको ब्रेक थ्रु गरिसकेको छ। 

यस आर्थिक वर्षकै अन्तिम अर्थात् असार महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्यका साथ अघि बढिरहेको आयोजना कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए।

यतिबेला आयोजनाको विद्युत गृहको सिभिल संरचनाको निर्माण कार्य भई उपकरण जडान कार्य भइरहेको आयोजनाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको