Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न, ‘एमाले/माओवादी भोलि मिलिदियो भने के गर्ने ?

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ०८ : १२ मा प्रकाशित

गठबन्धनका विपक्षीलाई देउवाको प्रश्न, ‘एमाले/माओवादी भोलि मिलिदियो भने के गर्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।  

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए । ‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको