Like us!
Follow us!
Connect us!
Watch us!

ओडिसीका मोटरसाइकल र स्कुटर नेपाली बजारमा, विद्युतीय साधन प्रयोग गर्न कुलमानको आग्रह

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १० : ५४ मा प्रकाशित

ओडिसीका मोटरसाइकल र स्कुटर नेपाली बजारमा, विद्युतीय साधन प्रयोग गर्न कुलमानको आग्रह

इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ ।

इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको राजधानीको नक्सालस्थित सोरुममा उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई गरे । 

विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए । 

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताइन् । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताइन् । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए । 

यी स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । हाम्रा उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबै खाले उपभोक्ताको रोजाइमा हाम्रा उत्पादनहरु पर्नेमा हामी विश्वस्त छौं । यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको