Like us!
Follow us!
Connect us!
Watch us!

६ दिनमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १२ : ४७ मा प्रकाशित

६ दिनमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो ।  

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको