पछिल्लाे समय सेयर बजारमा सर्वसाधारणकाे आकर्षण बढ्दै गइरहेकाे छ । आजकाल चिया पसलदेखि तरकारी पसल र स्कुल कलेजहरूदेखि गाडीसम्म जताततै सेयर बजारकै चर्चा हुने गर्दछ । आईपीओप्रति सर्वसाधारणकाे क्रेज झन् बेग्लै छ । दिनानुदिन नयाँ लगानीकर्ताहरू थपिने क्रम बढ्दाे छ । बालकदेखि वृद्धसम्मलाई आईपीओकाे माेह छ ।
सेयर बजारमा लगानी गर्दै पढ्दै आईरहेका छन् गुल्मीका राेजल राज कँडेल । आईपीओबाटै सेयर बजारमा प्रवेश गरेका उनी अहिले कक्षा ८ मा पढ्दछन् । आईपीओबाट प्राथमिक बजारमा प्रवेश गरेका उनी अहिले दाेश्राे बजारमा समेत लगानी गर्दछन् ।
कँडेलले भने, "मलाई सानाे उमेरमै ठूलाे काम गर्ने सपना थियाे । म सँधै आफ्नो उमेरको नभई आफू भन्दा ठूला व्यक्तिहरूकाे संगत गर्दथेँ । त्यसैले अहिले मेराे सेयर बजारकाे यात्रा सफल भएकाे छ ।"
सेयर बजार सम्बन्धी अध्ययन र अनुसन्धान गर्दै सेयर बजारमा लगानी गरिरहेका उनले सेयर बजारबाट राम्राे आम्दानी पनि गरी रहेका बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस