Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे स्वामित्वमा रहेकाे २ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे मूल्य कति ?

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १४ : १२ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे स्वामित्वमा रहेकाे २ कम्पनीकाे सेयर लिलामीमा, कुनकाे मूल्य कति ?

बैंक अफ काठमाण्डूकाे स्वामित्वमा रहेकाे २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (चैत्र १३ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । 

बैंकले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६ लाख ६ हजार १ सय ४० र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

जसमध्ये, छिमेक लघुवित्तकाे मूल्य ६ सय रूपैयाँ र आरएमडीसी लघुवित्तकाे मूल्य ५ सय ४० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक सय कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बीओके क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको