Like us!
Follow us!
Connect us!
Watch us!

टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ०८ : ३२ मा प्रकाशित

टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

टक्सार पिखु वाखोला हाइड्रोपावरले साधारण  सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुनआउने ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्त आईपीओ आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषकालागि निष्कासन गर्न लागेको हो ।

आईपीओ जारी गर्न कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 आइतबार नियुक्ति सम्बन्धी सम्झौता पत्रमा माटक्सार पिखुवाखोला हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त  र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक  दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवाखोला माटक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरीमिति २०७८ साल बैशाख १ गतेदेखिनै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको